इरान

वेल्सविरुद्ध इरानले स्वभाविक प्रदर्शन गर्नेमा तारेमी विश्वस्त

दोहा । इरानका मेहदी तारेमीले आफ्नो देशमा भैरहेको सरकारविरोधी प्रदर्शनका कारण खेलमा केन्द्रित हुँदा इङल्यान्डसँग कतार विश्वकप २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा लज्जास्पद हार व्यहोर्नु परेको बताएका छन् ।

इरानले दोस्रो खेलमा आज वेल्सको सामना गर्दैछ । वेल्सले पहिलो खेलमा मेक्सिकोसँग अंक बाँडेको थियो । इरानले इङ्ल्यान्डलाई ६–२ को नतिजा सुम्पिएको थियो ।

तारिमीले खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इरानका लागि दुवै गोल गरेका थिए । उनी इरानका लागि विश्वकपको एकै खेलमा दुई गोल गर्ने खेलाडी बनेका छन् ।

इरानका खेलाडीले खेलअघि नै सरकारविरोधी प्रदर्शनको समर्थनमा राष्ट्रिय गान गाउन अस्विकार गरेका थिए ।

अन्तर्राष्ट्रिय मानवअधिकार आयोगले सरकारविरोधी प्रदर्शनमा हालसम्म चार सय जनाले ज्यान गुमाइसकेका छन् । इरानको प्रहरीले हिजाब लगाउन अस्विकार गरेको भन्दै २२ वषिया महसा अमिनीलाई पक्राउ गरेको थियो । अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि त्यहाँ सरकारविरोधी प्रदर्शन सुरु भएको थियो ।

‘पहिलो खेल हाम्रा लागि सुखद रहेन । हामीले फुटबलमा केन्द्रित हुनै पाएनौ ,अवस्था भिन्न थियो,’तारेमीले भने, ‘वेल्सविरद्ध हामी स्वभाविक लयमा फर्कनेमा विश्वस्त छौ । हामी अब बाँकी रहेको खेल (वेल्स र अमेरिका) मा ६ अंक जोड्दै समूह चरण पार गर्न चाहन्छौ ।’