पोर्चुगल

रोनाल्डोको कप्तानीमा पोर्चुगलकाे टोली घोषणा

दोहा ।  पाँचौ पटक फिफा विश्वकप खेल्ने तयारीमा रहेका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल राष्ट्रिय टोली घोषणा भएको छ  ।

प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डो सहित ब्रुनो फर्नान्डेज, याओ क्यन्सेलो, बर्नान्डो सिल्भा, रुवेन डायस सहित कतार विश्वकप २०२२ का लागि २६ सदस्यीय टोली छनोट गरेका हुन् ।

३६ वर्षीय रोनाल्डोसँगै ३९ वर्षीय भेट्रान रक्षक पेपेले समेत टोलीमा स्थान बनाएका छन् । चोटका कारण  लिभरपुरका स्ट्राइकर डिएगो जोटा भने टोलीमा हुने छैनन् ।

समूह ‘एच’ मा रहेको पोर्चुगलले २४ नोभेम्बरमा घानासँग खेल्दै विश्वकप यात्राको थालनी गर्नेछ ।  यसैगरी २८ नोभेम्बरमा उरुग्वेसँग दोसे र २ डिसेम्बरमा दक्षिण कोरियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

पोर्चुगल टोली

गोलकिपरः डिओगो कोस्ट, रुई प्याट्रिसियो, जोसे सा

रक्षकः याओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा, एन्टोनियो सिल्भा

मिडफिल्डरः विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेज, याओे मारियो, रुबेन नेभेस, म्याथियस नुनेज, ओटाभियो, याओ पाल्हिन्हा, बर्नाडो सिल्भा, भिटिन्हा

स्ट्राइकरः याओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा