आइसिसी महिला यु-१९ टी २० विश्वकप

रोमाञ्चक जित निकाल्दै इङ्ल्यान्ड फाइनलमा

काठमाडौं । इङ्ल्यान्ड दक्षिण अफ्रिकामा जारी आइसिसी महिला यु-१९ टी २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

सिनवेस पार्कमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले अस्ट्रेलियामाथि तीन रनको रोमाञ्चक जित निकालेको  हो । इङ्ल्यान्डले प्रस्तुत गरेको १०० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १८.४ ओभरमा ९६ रनमै समेटियो । अस्ट्रेलियाका लागि एमी स्मिथले सर्वाधिक २६ रन बनाइन्  । क्लेयर मुरेले २० र इला हेवार्डले १६ रन जोडे ।

इङ्ल्यान्डका लागि  हेन्ना ब्रेकरले तीन, कप्तान ग्रेस स्क्रिभेन्सले दुई तथा एली एन्डरसन, जोसिइ ग्रोभेस र एलेक्सा स्टोनहाउसले समान एक विकेट लिए ।

यसअघि टस टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले १९.५ ओभरमा सबै विकेट विकेट गुमाउँदै ९९ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डका लागि एलेक्सा स्टोनहाउसले सर्वाधिक २५ रन जोडिन् । यसैगरी ग्रेस स्क्रिभेन्सले २०, जोसिइ ग्रोभेसले १५ र सेरेन स्मेलीले १० रन बनाए ।

अस्ट्रेलियाका लागि म्यागी क्लार्क, इला हेवार्ड र सियना ग्रिन्जरले समान तीन तथा मिनी लिङ्गवर्थले एक विकेट लिए ।

इङ्ल्यान्डले फाइनलमा  भारतको  सामना गर्नेछ । भारत शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनमा न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।