म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटीले आर्सनललाई हरायो

काठमाडौं । इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनललाई १–० ले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको पाचौं चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको चौथो चरणको खेलमा रक्षक नाथक आकेले निर्णायक गोल गरेपछि सिटीले प्रिमियर लिगमा शीर्षस्थानको लागि प्रतिस्पर्धा गरिरहेको आर्सनलविरुद्ध जित निकालेको छ ।

आकेले खेलको ६४औं मिनेटमा निर्णायक गोलगरेका थिए । स्ट्राइकर ज्याक ग्रेलिसले मिलाएको पास सदुपयोग गर्दै नेदरल्यान्ड्सका रक्षक आकेले सहज गोल गरे ।

आर्सनलले पहिलो हाफमा केहि अवसर सृजना गरेको थियो । तर, सिटीका गोलकिपर स्टेफन ओर्टेगाले उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनल खेलमा फर्कन सफल भएन । ओर्टेगाले ताकाहिरो तोमियासु र लिआन्द्रो ट्रोसार्डको प्रहार रोक्दै सिटीको संकट टारेका थिए ।

प्रिमियर लिग उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका सिटी र आर्सनलबीच १५ फेब्रुअरीमा भिडन्त हुँदैन । खेल जितेपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले दोस्रो हाफमा राम्रो खेल्दा जित निकालेको प्रतिक्रिया दिए ।

‘हामीले साच्चै दोस्रो हाफमा राम्रो प्रदर्शन गरेका थियौं । आर्सनलले निकै राम्रो खेल्यो । खेल निकै प्रतिस्पर्धात्मक भयो,’ ग्वार्डिओलाले भने ।