प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको विजेतालाई पाँच लाख

फाइल तस्बिर

पुस अन्तिमबाट  सुनसरीको इटहरीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता विजेताले पाँच लाख रुपैयाँ लाख पाउने भएको छ ।  

नेपाल क्रिकेट संघ (क्यान) का शनिबार प्रतियोगिताको पुरस्कार रमक घोषणा गरेको हो । प्रतियोगिता विजेताले  पाँच लाख प्राप्त गर्दा उपविजेता टोलीले ती लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २० हजार  रुपैयाँ पाउनेछन् । प्रतियोगितामा प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ३ हजार प्राप्त गर्नेछन् ।

पुस २९ बाट सुरु हुने  प्रतियोगितामा  सात प्रदेश तथा एक विभागीय टोली गरी आठ टोलीको सहभागीता रहने छ ।

प्रतियोगितामा सहभागि प्रदेश १, मधेस, बागमती,गण्डकी,लुम्बिनी,गण्डकी,कर्णाली  र सुदूरपश्चिम प्रदेश तथा साबिकको विजेता नेपाल एपिएफ क्लबलाई दुई समूहमा विभाजन गरि खेलाइने छ ।

प्रत्येक टोलीका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । इटहरी उपमहानगरपालिका–९ स्थित जनता क्रिकेट पार्कमा हुने  प्रतियोगितामा कूल १८ खेल खेलाइने छ ।

प्रतियोगिताको खेल तालिका भने पछि सार्वजनिक गरिनेछ ।