इङ्लिस प्रिमियर लिग

रासफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडको जित

लन्डन । मार्कुस रासफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगअन्तर्गत शनीबार सम्पन्न खेलमा उल्भ्सलाई १–० ले पराजित गरेको छ ।

उल्भ्सको घरेलु मैदान मोलिनेयुक्स स्टेडियममा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रासफोर्डले खेलको ७६ औं मिनेटमा गोल गरेका हुन् ।

रासफोर्डले ब्रुनो फर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए । रासफोर्ड ४६ औं मिनेटमा अलेजान्द्रो गार्नाचोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यस जितसँगै १६ खेलमा ३२ अंक जोडेको युनाइटेट चौथौ स्थानमा उक्लिँदा पराजय ब्यहोरेको १७ खेलमा १३ अंकका साथ १८ औं स्थानमा रहँदै रेलिगेसन क्षेत्रमा छ ।