सन्दीप लामिछाने

सन्दीपको हुरिकेन्स ९ विकेटले पराजित

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्स बिग बास लिगमा सिड्नी थन्डर्ससँग ९ विकेटले पराजित भएको छ । मेलबोर्न क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार गरेको थियो ।

विकेटकिपर–ब्याटरबेन म्याकडर्मोटले ३८ तथा डार्सी सोर्टले २९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्दा सन्दीपको हुरिकेन्स सस्तैमा समेटिएको थियो । थन्डर्सका लागि गुरिन्डर सन्धु र नाथान म्याकएन््िरडउले २÷२ विकेट लिएका थिए ।

दोस्रो इनिङमा १ सय ४० रनको लक्ष्य पछ्याएको सिड्नीले १७.२ ओभरमा एक विकेट मात्रै गुमाएर पूरा गर्यो । थन्डर्सका लागि ओपनर एलेक्स हालेसले ५६ बलमा ११ चौका र १ छक्कासहित अविजित ८० रन जोडे । यस्तै, कप्तान जसोन सन्घाले ३५ रन जोडे ।

थन्डर्सको ब्याटिङसामू निरिह बनेको हुरिकेन्सका लागि डार्सीले एक विकेटबाहेक अन्य बलरले सफलता हासिल गर्न सकेनन् । नेपाली कप्तान सन्दीपले ३.२ ओभरमा २१ रन खर्चिँदा विकेट लिन सकेनन् । उनले ६.३० को इकोनोमीमा बलिङ गरेका थिए ।