प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप: प्रदेश २ विरुद्ध एपिएफले ब्याटिङ रोज्यो

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश नम्बर दुईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ ः १५ बजे सुरु हुने खेलमा एपिएफका कप्तान शरद भेसावकरले पहिलो ब्याटिङ गर्ने निर्णय गरे ।

सोमबारदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा यसअघि भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो । त्यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदूर पश्चिम प्रदेशलाई नेपाल पुलिस क्लबले दुई रनले पराजित गरेको थियो ।

विगतमा एकदिवसीय पद्दतिमा हुने गरेको यो प्रधानमन्त्री कप यो वर्ष ट्वान्टी २० पद्दतिमा आयोजना भएको हो ।