आइसिसी ट्वान्टी महिला विश्वकप

नेपाल शीर्ष स्थानमा

दुबई । मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी ट्वान्टी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँने सम्भावनालाई जिवित राखेको छ ।

 विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले प्रस्तुत गरेको  ९२ रनक लक्ष्य नेपालले १८.२ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो ।

नेपाललको जितमा सिता रानामगरले सर्वाधिक ३० रन जोडिन् । सिताले ३८ बलमा तीन चौका प्रहार गरिन् । त्यस्तै कप्तान रुविना क्षेत्रीले २०, सरिता मगरले १५ र कविता कुवरले १० रन बनाइन् ।

मलेसियाकी आइस्या इलिसाले एक विकेट हात पारिन् ।

यसअघि सयुक्त अरब इमिरेट्स (युएई) को आइसीसी क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङका लागि आएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रनको योगफल खडा गरेको थियो ।

मलेसियाका लागि एल्सा हन्टरले ३९ रन बनाएकी थिइन् । त्यस्तै मस ऐल्साले १४ र युसरिना याकुुपले १२ रन जोडेकी थिइन् ।

नेपालकी सवनम राईले दुई तथा कप्तान रुविना क्षेत्री, सीता राना मगर र  कविता कुन्वार समान एक विकेट लिएका थिए ।

चार खेलबाट ६ अंक जाेडेकाे नेपाल  शीर्ष स्थानमा छ ।