माघ २, २०८२ शुक्रबार | १७:२१:३३
सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल

सदस्यसचिव बन्न मन्त्रालयमा बिष्टको आवेदन

काठमाडौं । दक्षिण एसियाली खेलकुद (तत्कालिन साफ १०औं संस्करणदेखि साग) मा चार पटक स्वर्ण पदक जितेका कीर्तिमानी खेलाडी ओलम्पियन दीपक बिष्टले राष्ट्रिय खेलकुद परिषद (राखेप)मा सदस्य सचिव हुनका लागि आवेदन हालेका छन् ।

सरकार परिवर्तनसँगै रमेशकुमार सिलवाल सदस्यसचिवको पदबाट बर्खास्त भएपछि युवा तथा खेलकुद मन्त्रालयले नयाँ सदस्यसचिव नियुक्तिका लागि दर्खास्त आह्वान गरेको थियो ।

सागका चार संस्करणमा लगातार स्वर्ण पदक जित्दै कीर्तिमान बनाएका पूर्व तेक्वान्दो खेलाडी बिष्टले खुला प्रतिस्पर्धामार्फत नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पद प्राप्त गर्नका लागि शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा आवेदन बुझाएका हुन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष बिष्ट नेपाल ओलम्पियन संघका अध्यक्ष हुन् । बिष्ट राखेपको सदस्यसचिव बन्नका लागि मन्त्रालयमा आवेदन बुझाउने १५औं व्यक्ति हुन् ।

मन्त्रालयका एक अधिकारीका अनुसार बिष्टअघि नै १४ जनाले सदस्यसचिव बन्नका लागि आवेदन गरिसकेका छन् । सदस्यसचिवका लागि आवेदन बुझाउने शुक्रबार अन्तिम दिन हो ।

यसअघिका सदस्यसचिव सिलवाल नयाँ खेलकुद ऐनअनुसार खुल्ला प्रतिस्पर्धामार्फत सदस्यसचिव बन्ने पहिलो खेल प्रशासक हुन् । गत वर्ष चार वर्षका लागि नियुक्त भए पनि सरकार परिवर्तनसँगै उनी बर्खास्तगीमा परेका थिए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate