सहिद स्मारक लिग

थ्री स्टार सातदोबाटोसँग स्तब्ध

काठमाडौं । सुदिप गुरुङको निर्णायक गोलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।

शुक्रबारबाट सुरु दोस्रो चरणको पहिलो खेलमा सातदोबाटोले थ्री स्टार क्लबलाई १–० ले हराएको हो ।

सातदोबाटोको जितमा सुदिपले ३१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पहिलो खेलमा सातदोबाटोले फ्रेन्डस् क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । थ्री स्टारमाथिको जितसँगै दुई खेलबाट चार अंक जोडेको सातदोबाटो लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले पराजित गरेको थियो ।