सहिद स्मारक लिग

जितले सन्तुष्ट छु तर अझै सुधारिएको प्रदर्शन गर्न आवश्यक छः मेघराज केसी

काठमाडौं । सातदोबाटो युथ क्लबका प्रशिक्षक मेघराज केसीले थ्री स्टारविरुद्ध हात पारेको जितले सन्तुष्ट रहे पनि टोलीले अझै मिहनेत गर्न आवश्यक रहेको बताएका छन् ।

‘थ्री स्टारलाई पराजित गर्दा सन्तुष्ट छु’,मेघराजले भने, ‘तर टोलीले अझै सुधार गर्न आवश्यक छ । भर्खरै दोस्रो चरणको खेल सुरु भएको छ । त्यसैले अहिले नै अंक तालिकाको शीर्ष स्थानमा उक्लियौ भन्दै उत्साही हुँदैनौ । अझ लामा यात्रा तय गर्न बाँकी छ ।’

शुक्रबार सम्पन्न दोस्रो चरणको पहिलो खेलमा सुदिप गुरुङको निर्णायक गोलमा सातदोबाटोले थ्री स्टारमाथि १-० को जित हात पारेको थियो ।