ट्वान्टी २० शृंखला

सान्त्वना जितको लक्ष्यमा नेपाल ‘ए’

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा सोमबार मैदान उत्रिँदा नेपाल सान्त्वना जितको लक्ष्यमा हुनेछ ।  खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ ।

अघिल्ला दुवै खेलमा पराजित नेपालले शृंखला गुमाइसकेको छ । यसअघि नेपाल २१ र ४० रनले पराजित भएको थियो ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाललाई लोकश बम, आरिफ शेख, कमलसिंह ऐरी, सागर ढकाल जस्ता खेलाडीको साथ रहनेछ ।

यता निल रकको कप्तानीमा रहेको आयरल्यान्ड पनि जित निकाल्दै शृंखलामा ‘क्लिन स्विप’ गर्न चाहन्छ ।

आयरल्यान्ड पिटर मोर, स्टेफन डोहिनी, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी जस्ता खेलाडीका साग मैदान उत्रिनेछ ।