इङ्लिस प्रिमियर लिग

बराबरीमा रोकिए सिटी र आर्सनल

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आइतबार उपाधि दौडमा रहेका म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । सिटीको

सिटीको घरेलु मैदान इतिहाद रंगशालामा दुवै टोलीले पाएका अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

यो निताजासँगै आर्सनल २९ खेलमा ६५ अंकका साथ दोस्रो स्थानमा यथावत छ । सिटी समान खेलबाट ६४ अंकका साथ तेस्रो स्थानमा  छ ।

आइतबार नै भएको अर्को खेलमा  ब्राइटनलाई २-१ ले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लेको थियो । लिभरपुलले ६७ अंक जोडेको छ ।