स्पेनिस ला लिगामा

रोड्रिगो चम्किँदा रियालको सहज जित

काठमाडौं । रोड्रिगो चम्किँदा स्पेनिस ला लिगामा आइतबार लिग लिडर रियाल मड्रिडले एथलेटिक क्लब बिल्वाओलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियाललाई जित दिलाउ दुवै गोल रोड्रिगोले गरे ।

जितसँगै रियालले ३० खेलमा ७५ अंक जोडेको छ । पराजित बिल्वाओ समान खेलबाट ५६ अंकका साथ चौथो स्थानमा छ ।

खेलको आठौं मिनेटमा रोड्रिगोको गोलमार्फत रियालले अग्रता लियो। उनले बर्हिम डियाजको पासलाई पोस्टको दिशा दिए ।

जुड बेलिङघमको पासमा रोड्रिगोले ७३औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै रोड्रिगोले रियाललाई २-० को जित दिलाए । 

यही खेलमार्फत इडर मिलिटाओ लामो समयपछि पुनरागमन गरेका छन् ।