नेपाल ‘ए’ - आयरल्यान्ड ‘ए’

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ भिड्दै

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच आज (शुक्रबार) बाट तीन खेलको ट्वान्टी २० शृंखला सुरु हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउसो एक बजे सुरु हुनेछ तालिका छ ।

यसअघि बिहीबारबाट शृंखला हुने भनिएपछि वर्षाको कारण रोकिएको थियो । योसँगै शृंखलाको शुक्रबार, शनिबार र आईतबार नै हुने भएको छ । एकदिवसीय खेलको मिति परिवर्तन गरिएको छैन ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । नेपालको कप्तानी अनुभवी ब्याटर विनोद भण्डारीले गर्नेछन् । टोलीमा राष्ट्रिय टोली बाहिर रहेका र युवा खेलाडीको समावेश छन् ।  

यसअघि नेपाल सिनियर टोली र आयरल्यान्ड ‘ए’ बीच दुई खेलको शृंखला भएको थियो । नेपालले शृंखला ‘क्लिन स्विप’ गरेको हो ।

टेष्ट राष्ट्र आयरल्यान्ड नेपालमा आठ खेल खेल्न भ्रमणमा आएको हो ।

नेपालको सिनियर टोली भने भारत तयारीको लागि प्रस्थान गरिसकेको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार बिदाई गरेको थियो । 

सम्बन्धित समाचार:

नेपाल ‘ए’ र आयल्यान्ड ‘ए’ बीच हुने शृंखलाको खेल तालिका परिवर्तन

भारत जाने क्रिकेट टोलीको बिदाइ