बार्सिलोना

बार्सिलोना सेमिफाइनलमा

काठमाडौं । क्याटलान क्लब बार्सिलोनाको महिला टोली युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइलनमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ब्रानको महिला टोलीलाई समग्रमा ५–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

पहिलो लेगमा १–० को जित निकालेको बार्सिलोनाले दोस्रो लेगमा ३–१ को जित निकालेको हो । जितपछि बार्सिलोनाले सेमिफाइनलमा प्रिमियर लिग टोली चेल्सीको सामना गर्ने भएको छ ।

दुई पटकको च्याम्पियन बार्सिलोना छैटौं पटक सेमिफाइलनमा स्थान बनाउन सफल भएको हो । दोस्रो लेग स्टेडियो जोहान क्रुफमा भएको थियो । जहाँ बार्सिलोनाले खेल पूर्णरुपमा नियन्त्रणमा राख्यो । खेलभर २६ प्रहार गरेको हो ।

बार्सिलोनाको जितमा स्पेनिस स्टार मिडफिल्डर एनटाना बोनमती, फ्रिडोलिना रोल्फो र गुइजारो गुटियारेजले समान एक गोल गरेका थिए ।

दोस्रो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र लिओनबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल २५ मेमा स्पेनको विल्वाओमा हुनेछ ।