ट्वान्टी २० शृंखला

नेपाल ‘ए’ र आयल्यान्ड ‘ए’ बीच हुने शृंखलाको खेल तालिका परिवर्तन

फाइल फोटो

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच हुने ट्वान्टी २० शृंखलाको खेल तालिका परिवर्तन भएको छ । यसअघिको तालिका अनुसार टुवान्टी २० शृंखलाका खेल बिहीबार, शुक्रबार र आइतबार हुने तय थियो । 

 नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण बिहिबारको खेल हुन नसकेपछि नयाँ तालिका सर्वाजनिक गरेको हो ।

नयाँ तालिका अनुसार शृंखलाको पहिलो खेल शुक्रबार हुनेछ । यसैगरी शृंखलाको दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछन् । 

एक दिवसीय शृंखलामा भने कुनै परिवर्तन भएको छैन ।