चैत्र १४, २०८२ शनिबार | ०४:०४:०६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

भलिबल संघ र केल्मीबीच तीन वर्षको नयाँ सम्झौता

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) र खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय कम्पनी केल्मीबीच नयाँ सम्झौता भएको छ ।  बिहीबार नेपाल भलिब संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरे ।

अध्यक्ष चन्दका अनुसार भलिबल संघले केल्मीसँग तीन वर्षका लागि नयाँ सम्झौता गरेको हो । सम्झौता अनुसार केल्मीले नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली र जुनियर गरी चार टोलीलाई जर्सी लगायत विभिन्न खेल सामाग्री उपलब्ध गराउने छ ।

केल्मीले तीन वर्षमा करिब १ करोड रुपैयाँ बराबरको खेल सामाग्री भलिबल संघलाई उपलब्ध गराउने बताइएको छ । नयाँ सम्झौतासँगै यसअघि राष्ट्रिय खेलाडीको लागि जर्सी लगायतको खेल सामाग्री व्यवस्थापनमा भोग्दै आउनु परेको टाउको दुखाई र झन्झटबाट अब भने संघले विश्राम पाएको भन्दै चन्दले केल्मीलाई धन्यवाद दिए ।

केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले भलिबल संघसँग औपचारिक रुपमा नयाँ सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । यस्तै उनले केल्मी र नेपाल भलिबल संघबीचको यो सम्बन्ध आगामी १०/२० वर्षसम्म लम्बिदै जानेमा आफू विश्वस्त रहेको र यसले भलिबललाई थप व्यवसायिक बनाउनेमा विश्वास व्यक्त गरे ।

सम्झौतापछि केल्मीले १०० वटा नेट र ४०० बल संघलाई प्रदान गर्ने अध्यक्ष चन्दले बताए । उक्त खेल सामाग्री नेपालको भलिबल विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका क्लब, प्रदेश र जिल्लालाई प्रदान गरिने चन्दले जानकारी दिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो