फाल्गुन ६, २०८२ बुधबार | १४:२०:५१
प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल

सद्भाव च्याम्पियन

काठमाडौं । एमेच्योर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसीपको उपाधि जितेका छन् ।

सद्भावले प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकले पछि पारे ।

अन्तिम दिन बिहीबार ३-अन्डर ६९ को स्कोर सहित समग्रमा १४-अन्डर २७४ सहित सद्भावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो नाममा लेखाए। यो  सिजन उनले जितेको यो दोस्रो उपाधि हो। यसअघि  सद्भावले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका थिए ।

अन्तिम १८ होलको सुरुआतमा प्रो भुवन र सद्भावबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिए पनि भुवनले ३-ओभर ७५ को खराब प्रदर्शन गरे। समग्रमा ७-अन्डर २८१ सहित दोस्रो भए। प्रोतर्फ भने उनी पहिलो हुँदै १ लाख ४० हजार रुपैयाँ हात पार्न सफल भए।

एमेच्योर खेलाडीको दबदबा रहँदा अर्का एमेच्योर विजय श्रेष्ठ आइन्हाउस र प्रो निरज तामाङले संयुक्तरुपमा तेस्रो स्थान बाँडे। उनीहरूले समग्रमा ४-अन्डर २८४ मा खेल सकाए। आज विजयले १-अन्डर ७१ र निरजले २-अन्डर ७० को प्रदर्शन गरे। प्रोतर्फ दोस्रो भएका निरजले ९६ हजार रुपैयाँ प्राप्त गरे।

समग्रमा इभन-पार २८८ मा खेल सकाएका दिनेश प्रजापति प्रोतर्फ तेस्रो भए। उनले आज ३-ओभर ७५ मा खेल सकाए। तेस्रो भएका उनले ७२ हजार रुपैयाँ हात पारे। यसैगरी समग्रमा ४-ओभर २९२ सहित सञ्जय लामा र धन बहादुर थापाले प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे। सञ्जयले २-ओभर ७४ र धनले १-अन्डर ७१ को स्कोर निकाले। उनीहरूले जनही ५४ हजार ५०० रुपैयाँ प्राप्त गरे।

रवि खड्काले आज २-ओभर ७४ को स्कोर सहित समग्रमा ५-ओभर २९३ सहित छैटौं स्थानमा प्रतियोगिता सकाए। छैटौं भएका उनले ४२ हजार ५०० रुपैयाँ पाए। यसैगरी समग्रमा ७-ओभर २९४ सहित रामे मगर र भुवन कुमार रोक्काले संयुक्तरुपमा सातौं स्थान बाँडे। दुवैले आज २-ओभर ७४ मा खेल सकाए। उनीहरूले जनही ३७ हजार २५० रुपैयाँ हात पारे।

 प्रो युवराज भुजेल र बलभद्र राईले समग्रमा ११-ओभर २९९ सहित नवौ स्थान बाँड्दा जनही ३२ हजार रुपैयाँ हात पारे। युवराजले आज ८-ओभर ८० र बलभद्रले ४-ओभर ७६ मा खेल सकाए।

आज खेलको सुरुवात गर्दा प्रो भुवन र सद्भावबीच मात्र एक स्ट्रोकको अग्रता थियो। तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए। तर छैटौं होलमा भुवनले बोगी प्रहार गर्दा सदभावले एक सट बचाए। छैटौं होलको समाप्तीमा सदभावले दुई स्ट्रोकको अग्रता बनाए। टर्निङ प्वाइन्ट भने सातौं होल बन्यो।

भुवनले दोस्रो सट पोखरीमा खस्यो। त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो। र उनले यो होलमा डबल बोगी खेप्दा सदभावले चार स्ट्रोकको अग्रता बनाए। यसपछि आठौं र नवौं होलमा फेरि एक/ एक सट गुमाउँदा भुवनले फ्रन्ट नाइन ४-ओभर ४० मा सकाए। सदभावले १-अन्डर ३५ मा फ्रन्ट नाइन पुरा गरे। फ्रन्ट नाइन सकिँदा सदभावले भुवनलाई ६ स्ट्रोकले पछि पारिसकेका थिए।

बोगी रहित खेलेका सद्भावले १२औं र १७औं होलमा बर्डी प्रहार गरे र ब्याक नाइन २-अन्डर ३४ मा सकाए। यसरी सहजै सद्भाव च्याम्पियन बन्दै फेरि एक पटक प्रो गल्फरलाई माथ दिन सफल रहे।

लगातार तीन दिनका लिडर भुवनले अन्तिम दिन संघर्ष गरे र ब्याक नाइन १-अन्डर ३५ मा सकाए। १३औं, १४औं र १८औं होलमा बर्डी प्रहार गरे भने १५औं र १६औं होलमा एक/एक सट बचाए। यसरी भुवनले समग्रमा दोस्रो र प्रोतर्फ पहिलो स्थान प्राप्त गरे।

एमेच्योर विजयले टुरमा करियरकै उत्कृष्ट प्रदर्शन गरे। उनले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए। पहिलो र पाँचौं होलको बोगीविरुद्ध तेस्रो र सातौं होल‌मा एक/एक सट बचाए। यसपछि ११औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए। सूर्य नेपाल गल्फ टुरमा उनी पहिलो पटक एमेच्योरतर्फ दोस्रो भए।

धरानका निरजले चौथो होलमा बोगी प्रहार गरे भने पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३४ मा पुरा गरे। यसपछि १४औं र १५औं होलमा एक/एक सट बचाए भने १६औं र १८औं होलमा बोगीको सामना गर्दै ब्याक नाइन इभन-पार ३६ मा सकाए।

कुल ८ लाख ४० हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गरे। विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेन्ट ९मार्केटिङ० दीप्रा लाहीरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।


भिडियो
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS SANKATA FC || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||