वेस्ट इन्डिज

वेस्ट इन्डिजको महिला टोलीले पाकिस्तान भ्रमण गर्ने

काठमाडौं । वेस्ट इन्डिजले एकदिवसीय र ट्वान्टी २० शृंखलाका लागि पाकिस्तानको भ्रमण गर्ने भएको छ । 

पाकिस्तान क्रिकेट बोर्डले दिएको जानकारी अनुसार यी दुई टोलीबीच तीन खेलको एकदिवसीय र पाँच खेलको ट्वान्टी २० शृंखला हुनेछ । 

आइसिसी महिला च्याम्पियनसिप अन्तर्गतको एकदिवसीय खेल अप्रिल १८,२१ र २३ मा हुनेछ ।  

ट्वान्टी २० शृंखला अप्रिल २६देखि मे ३ सम्म हुनेछ । दुवै टोलीले यो शृंखलालाई आइसिसी ट्वान्टी २० विश्वकपको तयारीका रूपमा लिएका छन् । 

दुवै शृंखलाका खेल कराँचीस्थित नेशनल बैंक स्टेडियम (एनबिएस)मा हुनेछन् ।

वेस्ट इन्डिजले सन् २०२१पछि पाकिस्तान भ्रमण गर्न लागेको हो । त्यतीबेला तीन खेलको शृंखलामा वेस्ट इन्डिजले क्लिन स्विप गरेको थियो । 

यसैगरी त्यसयता पाकिस्तानको यो चौथो घरेलु शृंखला हुने छ । यसबीचमा श्रीलंका (जुन २०२२),आयरल्यान्ड (नोभेम्बर २०२२) र दक्षिण अफ्रिका (सेप्टेम्बर २०२३) मा पाकिस्तान आएर खेलेका थिए ।