नेपाली क्रिकेट

नेपालको क्रिकेट विकाशमा सहयोग गर्न आइसिसी उत्साहित र प्रतिबद्ध

काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अध्यक्ष ग्रेग बार्कलेबीच युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा बुधबार भेटबार्ता भएको छ।

भेटघाटमा नेपाल क्रिकेटको विकास र अभिवृद्धि बारे विशेष कुराकानी भएको थियो ।

अध्यक्ष बार्कलेले नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासमा सहयोग गर्न आइसिसी उत्साहित र प्रतिबद्ध रहेको बताए ।

यसैगरी मन्त्री श्रेष्ठले आइसिसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेको बताए ।