इन्डियन प्रिमियर लिग

दिल्लीको कप्तानी ऋषभले गर्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को आगमी संस्करणमा दिल्ली क्यापिटल्सको कप्तानी ऋषभ पन्तले गर्ने भएका छन् ।

क्लबका अध्यक्ष पार्थ जिन्दलले मंगलबार टोलीको नेतृत्व ऋषभले गर्ने जानकारी दिएका हुन् । ऋषभ १४ महिनापछि व्यावसायिक क्रिकेटमा फर्किदै छन् ।

सन् २०२२ को डिसेम्बरमा दिल्लीबाट रुर्की जाने क्रममा कार दुर्घटनामा पारेका ऋषभको घुँडाको शल्यक्रिया गरिएको थियो । जसका कारण पन्तले सन् २०२३ को आइपिएल गुमाएका थिए ।

पन्तलाई गत हप्ता मात्रै नेसनल क्रिकेट एकेडेमी (एनसिए)ले आइपिएल खेल्ने अनुमती दिएको थियो ।  दिल्लीले मार्च २३ मा पन्जाब किंग्ससँग खेल्दै आइपिएलको सुरुआत गर्नेछ ।