काठमाडौं । श्रीलंकन स्पिनर वानिन्दु हसरंगालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले कारबाही गरेको छ।
बंगलादेशविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा आइसिसी आचारसंहिताको धारा २.८ उल्लंघन गरेको भन्दै उनलाई कारबाही गरिएको हो।
योसँगै भरखरै संन्यास फिर्ता लिएर टेस्ट क्रिकेटमा फर्किएका उनले बंगलादेशविरुद्धको शृंखला गुमाउने भएका छन्।
इनिङ्सको ३७औँ ओभरमा हसरंगाले अम्पायरको क्याप खोसेका थिए। कारबाही स्वरुप हसरंगाको म्याच फिको ५० प्रतिशत कटौती गरिएको छ। यसैगरी उनले तीन डिमेरिट अंक पाएका छन्। २४ महिनाको अवधिमा उनको कूल डिमेरिट अंक आठ पुगेको छ।
हसरंगाले सन् २०२३ अगस्टमा टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका थिए। हसरंगाले चार टेस्ट खेलमा चार लिएका छन्।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
