अफगानिस्तान क्रिकेट

आयरल्यान्डविरुद्ध अफगानिस्तानलाई शृंखला

काठमाडौं । आयरल्यान्डविरुद्धको तीन ट्वान्टी २० खेलको शृंखला अफगानिस्तानले जितेको छ । अन्तिम तथा निर्णायक खेलमा आयरल्यान्डलाई ५७ रनले हराउँदै अफगानिस्तानले शृंखला आफ्नो नाममा लेखाएको हो ।

यसअघि भएको पहिलो खेल आयरल्यान्डले ३८ रनले जितेको थियो । दोस्रँे खेल अफगानिस्तानले दश रनले जितेपछि शृंखला बराबरी भएको थियो ।

सारजाहामा भएको निर्णायक टेष्टमा अफगानिस्तानले सुरुआती ब्याटिङ गर्दै सात विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको आयरल्यान्ड १७.२ ओभरमा सबै विकेट गुमाउँदा मात्र ९८ रन बनाउन सक्यो ।

आयरल्यान्डका कर्टिस काम्फेरले सर्वाधिक २८ र गेराथ डेलानीले २१ रन बनाएका हुन् । ह्यारी टेक्टरले १६ रनको योगदान गरे । अफगानिस्तानका अज्मतुल्लाह ओमार्जाइले सर्वाधिक चार र नभिन उल हकले तीन विकेट हात पारे ।

यसअघि टस जितेर सुरुआती ब्याटिङ गरेको अफगानिस्तानको लागि इभ्राहिम जाद्रनले अर्धसतक बनाए । उनले ५१ बलमा पाँच चौका र तीन छक्कासहित ७२ रन बनाएका हुन् । मोहम्मद इसाकले २७ र सेदिकुल्ला अटलले १९ रनको योगदान गरेका थिए ।

प्लेयर अफ दि सिरिज रसिद खान र प्लेयर अफ दि म्याच जाद्रन भएका छन् ।