लियाेनल मेसी

मेसी अर्जेन्टिनाको टिम बाहिर

काठमाडौंं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी आगामी दुई मैत्रीपूर्ण खेलको लागि टिम बाहिर भएका छन् । अमेरिकी मेजर लिग सकर इन्टर मियामीमा आवद्ध मेसी पछिल्लो खेलमा घाइते भएका थिए ।

सामान्य घाइते भएका मेसीले आगामी दुई खेल नखेल्ने निर्णय लिएका हुन् । अर्जेन्टिनाले फिफा मैत्रीपूर्ण खेलमा अल साल्भाडोर र कोस्टारिकासँग खेल्दैछ । साल्भाडोरविरुद्ध मार्च २३ र कोस्टारिकाविरुद्ध मार्च २७ मा खेल हुनेछ ।

मेसी सम्मिलित मियामीले नासभिलेलाई हराउँदै कोन्काक्याफको क्वार्टरफाइनलमा स्थान बनाएको थियो । समग्रमा मियामी ५–३ ले विजयी हुँदा मेसीले दुई गोल गरेका हुन् ।

यही खेलमा घाइते भएपछि मेसी पछिल्लो खेलमा डिसी युनाइटेडविरुद्ध पनि खेलेनन् । सो खेलमा लुइस स्वारेजले दुई गोल गरेपछि मियामी ३–१ ले विजयी भएको थियो ।