वानिन्दू हसरंगा

हसरंगाको संन्यास फिर्ता, आईपिएलको सुरुआती खेल गुमाउने

काठमाडौं । श्रीलंकन लेग स्पिनर वानिन्दू हसरंगाले टेष्ट क्रिकेटबाट संन्यास फिर्ता लिएका छन् । संन्यास फिर्तासँगै उनी बंगलादेशविरुद्ध हुने दुई खेलको टेष्ट शृंखलामा समावेश भएका छन् ।

१७ सदस्यीय टिममा रहेका हसरंगाले आईपिएलका सुरुआती खेल गुमाउने पक्का भएको छ । श्रीलंका र बंगलादेशबीचको टेष्ट २२ मार्चदेखि ३ अप्रिलसम्म हुनेछ । त्यसैले आईपिएलमा हसरंगा केही खेलमा देखिने छैनन् ।

हसरंगालाई सनराइजर्स हैदराबादले एक करोड ५० लाखमा खरिद गरेको छ । हैदराबादले २३, २७ र ३१ मार्च र ५ अप्रिलमा खेल्ने तालिका छ ।

यसअघि सन् २०२३ मे उनले एकदिवसीय र ट्वान्टी २० मा केन्द्रित हुने भन्दै टेष्टबाट संन्यास लिएका थिए । ट्वान्टी २० का कप्तान हुन् । सन् २०२० मा भने दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेका थिए ।