म्याथ्यु वेड

वेडले प्रथम श्रेणीको क्रिकेटबाट संन्यास लिने

काठमाडौं । अस्ट्रेलियन म्याथ्यु वेडले प्रथम श्रेणीको क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । उनले सेफिल्ड शिल्डको फाइनलपछि प्रथम श्रेणीको क्रिकेटबाट संन्यास लिने बताएका हुन् ।

सेफिल्ड शिल्डमा उनी तासमानियाबाट खेल्छन् । सेफिल्ड शिल्डको फाइनलपछि उनी इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागी हुनेछन् । ३६ वर्षीय वेडले हालसम्म १६५  प्रथम श्रेणी खेल खेलिसकेका छन् ।

बिहीबार सुरु हुने वेस्टर्न अस्ट्रेलियाविरुद्धको सेफिल्ड शिल्डको फाइनल वेडका लागि १६६औं खेल हुनेछ । सेफिल्ड शिल्डको फाइनलकै कारण वेडले आइपिएलको पहिलो खेल भने गुमाउने भएका छन् ।

‘सिफिल्ड शिल्डको फाइनलपछि मैले प्रथम श्रेणीबाट संन्यास लिने निर्णय गरेको छु । त्यसपछि आफ्नो सम्पूर्ण ध्यान समिति ओभरको क्रिकेटमा केन्द्रित गर्नेछु,’ शुक्रबार वेडले भने ।

वेडले प्रथम श्रेणीमा उनले हालसम्म १८ शतक र ५४ अर्धशतकको मद्दतले ९१८३ रन बनाएका छन् । प्रमथ श्रेणीको क्रिकेटमा उत्कृष्ट प्रदर्शन १५२ रन बनाउनु हो ।