असिम शाह

खेलकुद मन्त्रीलाई प्रश्नः त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड कहिले आउँछ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले आफ्नै पार्टीबाट युवा तथा खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठलाई खेलकुद क्षेत्रका समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा शाहले सत्ता वा प्रतिपक्ष जहाँ भए पनि जनताका पक्षमा आवाज उठाउने भन्दै आफ्नै पार्टीका मन्त्रीलाई प्रश्न गरेका हुन्।

‘खेलकुद मन्त्रीलाई म प्रश्न गर्न चाहन्छु दशरथ रंगशालामा हुन तय भएको बहराइनविरुद्धको खेल नहुनुको पछाडिको कमजोरी के रहयो ? कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लट लाइट र स्कोर बोर्ड कहिले आउँछ ? बहुसंख्यक फुटबल खेलाडीहरू विदेश पलायन भइरहेकोमा उनीहरूलाई स्वदेश फर्काउने तयारी के हुँदै छ?’  शाहले भने ।

यसैगरी सांसद शाहले विश्वमा-स्पोर्टसले फड्को मारेको उल्लेख गर्दै नेपालले पनि यस विषयमा ध्यान दिनुपर्ने बताए। संसारमा इ–स्पोर्टसले फड्को मारिसक्यो। हामीले पनि इ-स्पोर्टसलाई अगाडि लैजान ढिला गर्नुहुन्न,’ उनले भने।