फाल्गुन १२, २०८२ मंगलबार | ०३:२२:२४
फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो
शनिबारको दिन नेपाली क्रिकेट

ट्वान्टी-२० मा खस्किरहेको नेपालको प्रदर्शन

काठमाडौं । ट्वान्टी-२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपालले पछिल्लो समय खास राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । ट्वान्टी-२० विश्वकपका लागि राम्रो टिम तयार पार्ने भन्दै प्रशिक्षक मोन्टी देसाइले टोलीमा नयाँ-नयाँ प्रयोग गरिरहेका छन् । त्यसको पछिल्लो उदाहरण हो हङकङ भ्रमण ।

नेपाली राष्ट्रिय टोली दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख, सोमपाल कामीलगायतका पहिलो रोजाइका खेलाडीविना नै हङकङ पुगेको थियो ।

नयाँ प्रयोग भइरहँदा टोलीको प्रदर्शनमा भने असर गरिरहेको छ । गत अक्टोबरमा भएको आइसिसी ट्वान्टी-२० विश्वकपमा छनोट भएयता नेपालले दुई अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखला गुमाएको छ । यी शृंखलामा नेपालले युवा खेलाडीलाई बढीभन्दा बढी प्रयोग गरेको थियो ।

ट्वान्टी-२० विश्वकप जुन महिनामा वेस्ट इन्डिज र अमेरिमामा हुँदैछ । त्यसको तयारीमा जुटिरहेको नेपालले पछिल्ला ९ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा तीन जित मात्र निकालेको छ । नेपालले ५ खेलमा हार बेहोर्दा एक खेल विना नतिजा टुंगिएको छ ।

हङकङमा बुधबार सम्पन्न अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी-२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) सँग ८६ रनले पराजित हुन पुग्यो । पिएनजीले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमै समेटियो ।

लिग चरणमा नेपालले पिएनजीमाथि ८५ रनको सहज जित निकाल्दै फाइनल पुगेको थियो । तर फाइनलमा भने नेपालको प्रदर्शन थप निराशाजनक रह्यो । शृंखलाअघि खेलिएको मैत्रीपूर्ण खेलमा नेपाली टोली हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपाल र हङकङबीच शृंखलाको पहिलो खेल भने वर्षाका कारण नतिजाविहीन बनेको थियो ।

अघिल्लो महिना नेपाल, नेदरल्यान्ड्स र नामिवियाबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी-२० शृंखला भएको थियो । शृंखलाको फाइनलमा नेपाल आफ्नै भूमिमा नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित हुन पुग्यो । नेपालले प्रस्तुत गरेको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

यो शृंखलामा पनि नेपालले लिग चरणमा नेदरल्यान्ड्ससँग एक जित र एक हारको नतिजा निकालेको थियो । पहिलो खेलमा २ रनको हार बेहोरेको नेपालले लिग चरणको दोस्रो खेलमा ४ विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।

गत अक्टोबरमा नेपाल, हङकङ र युएईबीच मूलपानी र कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको त्रिकोणात्मक शृंखलाको फाइनलमा नेपाल युएईसँग ४ विकेटले पराजित भएको थियो । 

नोभेम्बरमा आइसिसी ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपाल ओमानसँग सुपर ओभरमा निराश बन्नुपरेको थियो । फाइनलमा हार बेहोरे पनि नेपालले १० वर्षपछि ट्वान्टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

त्यसयता प्रशिक्षक देसाइले टोलीमा नयाँ नयाँ प्रयोग गर्दै आएका छन् । ‘म आफ्नो योजनामा स्पष्ट छु । मेरो लक्ष्य विश्वकपका लागि बलियो टोली बनाउँनु हो । त्यसका लागि नयाँ नयाँ प्रयोग गर्न जरुरी हुन्छ । हामीसँग समय पनि छ । ट्वान्टी-२० क्रिकेट ब्यक्तिगत प्रदर्शनमा पनि निर्भर हुन्छ । म त्यस्तै खेलाडीको खोजीमा छु । प्रयोग कहिले सफल हुन्छ कहिले हुँदैन,’ प्रशिक्षक देसाइले त्रिकोणात्मक शृंखलाका लागि हङकङ जानु अगाडि भनेका थिए ।

विश्वकपअघि नेपाल ट्वान्टी-२० खेलमै व्यस्त रहनेछ । हङकङबाट फर्किएलगत्तै नेपालले आयरल्यान्ड ‘ए’ सँग दुई ट्वान्टी-२० सिरिज खेल्नेछ । आयरल्यान्डसँगको खेलपछि नेपाल भारत जानेछ । त्यहाँ नेपालले बरोडा र गुजरात क्रिकेट संघसँग ट्वान्टी-२० क्रिकेट प्रतियोगिता खेल्नेछ ।

विश्वकपअघि नेपाल लयमा आउनु अत्यावश्यक छ । त्यसका लागि यी दुई प्रतियोगितालाई नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । पछिल्ला दुई शृंखला गुमाएको नेपालका लागि यो स्पर्धा अभ्यासका साथै आफ्नो कमजोरी पत्ता लगाएर सुधार गर्ने अवसर हुनेछ ।