नेपाली फुटबल

फिफा महिला वरियतामा नेपालको पाँच स्थान सुधार

काठमाडाैं । फिफा महिला वरियतामा नेपालले पाँच सुधार गरेको ।  फिफाले शुक्रबार सार्वजनिक गरेको वरियतामा नेपाल १००औं स्थानमा पुगेको हो।

नेपालले १२०८.४२ अंक जोडेको छ । दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा छ।नेपाल भन्दा अगाडि भारत ६६औं स्थानमा छ।

 नेपालभन्दा पछाडि  बंगलादेश १४०, श्रीलंका १५७, पाकिस्तान १५८, माल्दिभ्स १६१ र भुटान १७३औं स्थानमा छन्।

स्पेन वरियताको शीर्ष स्थानमा  छ । यसैगरी इङ्ल्यान्ड, फ्रान्स, अमेरिका, जर्मनी, स्विडेन, नेदरल्यान्ड्स, क्यानडा र ब्राजिल दोस्रो देखि १०औं स्थानमा छन्  ।