कुशल भुर्तेल

अन्तर्राष्ट्रिय ट्वान्टी २०मा कुशलको १ हजार रन पूरा

काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय ट्वान्टी २० मा १ हजार रन पूरा गरेका छन् ।

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलामा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध कुशलले ३९ बलमा समान चार चौका र छक्कासहित सर्वाधिक ५९ रन बनाएका थिए । याेसँगै उनकाे १ हजार रन पूरा भएकाे हाे । 

कुशलले ३६ खेलमा एक शतक र आठ अर्धशतकसहित १००८ रन बनाएका छन् । उनी नेपालबाट यो उपलब्धी हात पार्ने दोस्रो ब्याटर हुन् । यसअघि दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय ट्वान्टी २० मा १ हजार रन पूरा गरेका थिए ।

दीपेन्द्रसिंहले ५८ खेलमा एक शतक र आठ अर्धशतकसहित १४७६ रन बनाएका छन् ।