भैरहवा र काठमाडौंबीचको खेल रद्द

काठमाडौं, (खेलाडी)- एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत शनिबार भैरहवा ग्ल्याडियटर्स र काठमाडौं किंग्स इलेभनबीचको खेल रद्ध भएको छ । 

ओसिलो मैदानका कारण खेल सम्भव भएन । भैरहवाले पहिलो खेलमा पोखरा राइनोजसँग अंक बाँडेको थियो ।

 त्यस्तै दोस्रो खेलमा भैरहवाले विराटनगरलाई हराएको थियो भने तेस्रो खेल सुपर ओभरमा धकेलिएपनि मधुरो प्रकाशका कारण सम्भब नभएपछि ललितपुरसँग अंक बाँडेको थियो ।

काठमाडौंले पहिलो खेलमा ललितपुर विरुद्ध जित निकाल्दा दोस्रो खेलमा बिहीबार चितवन टाइगर्ससँग पराजित भएको थियो ।