एपिएफलाई हराउँदै पुलिस तेस्रो 

काठमाडौं, (खेलाडी)-  विभागीय टिम नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको तेस्रो स्थान हासिल गरेको छ । 

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुलिसले एपिएफ विरुद्ध २५-१७, २५-१८, २५-१४ को सहज जित निकाल्यो । 

एनभिए च्याम्पियनसिपको उपाधिको लागि महिलातर्फ न्यु डाइमन्ड र साबिक विजेता एपिएफले प्रतिस्पर्धा गर्दैछन् । 

त्यस्तै पुरुषतर्फ साबिक विजेता हेल्प नेपाल र आर्मीको खेल हुनेछ ।