चितवनलाई काठमाडौंको एक सय ४२ रनको लक्ष्य

काठमाडौं, (खेलाडी)-  काठमाडौं किंग्स  इलेभनले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्ससामु एक सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४१ रनको योगफल खडा गरेको हो ।

काठमाडौंका लागि ओपनर सुवास खकुरेलले सर्वाधक ३५ रन जोड्दा राजु रिजालले २८ र जनक प्रशादले २६ रन जोडे ।

चितवनका सागर ढकालले चार, करिम जनतले दुई तथा कमलसिंह ऐरी र सेकुगे प्रसन्नाले समान एक विकेट लिए ।