ललितपुरविरुद्ध फिल्डिङ गर्दैै पोखरा

काठमाडौं, (खेलाडी)-  एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलमा ललितपुर पेट्रियटसविरुद्ध पोखरा राइनोजले टस जितेर फिल्डिङ रोजेको छ ।

ओसिलो मैदानका कारण निर्धारित समयमा सुरु हुन नसकेको खेल  ७–७ ओभरको हुनेछ ।

प्रतियोगितको पहिलो खेलमा ललितपुर काठमाडौं किंग्स इलेभनसँग सात विकेटले पराजित भएको थियो ।  बर्षाका कारण खेल राेकिएपछि पोखराले भैरहवा ग्ल्याडियटर्ससँग अंक बाँडेको थियो ।