पोखरालाई ललितपुरको ५२ रनको लक्ष्य

काठमाडौं, (खेलाडी)- एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलमा ललितपुर पेट्रियटस्ले पोखरा राइनोजसामु ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर व्याटिङमा निम्त्याइएको ललितपुरले निर्धारित सात ओभरमा ६ विकेट गुमाएर ५१ रन बनायो । ओसिलो मैदानका कारण खेल ७–७ ओभरमा घटाइएको थियो । 

ललितपुरका लागि सन्दुन विराकोदीले सबैभन्दा धेरै १९ रन बनाए । विराकोदीले १६ बलमा समान एक चौका र छक्का प्रहार गरे । त्यस्तै नारायण जोशीले ११ र ओसादा फर्नान्डोले १० रन बनाए । पवन सर्राफले सात रन जोड्दा कप्तान कुशल भुर्तेल मात्रै तीन रनमा पभेलियन फर्किए । 

बलिङमा पोखराका नन्दन यादवले तीन विकेट लिए । त्यस्तै विक्रम सोबले दुई र केस्रिक विलियम्सले एक विकेट लिए ।