क्रिकेट
पोखराको सानदार जित
काठमाडौं, (खेलाडी)- पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलाे जित हात पारेको छ ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार सम्पन्न पहिलोे खेलमा पोखराले ललितपुरलाई नाै विकेटले हरायाे ।
ललितपुरले प्रस्तुत गरेको ५२ रनको लक्ष्य पोखराले ६.३ ओभरमा एक विकेट क्षती भेट्टायो ।
पोखराका ओपनर रिचार्ड लेबीले सर्वाधिक ३८ रन जोड्दा अर्का ओपनर रित गौतमले १२ रन जाेडे ।
यसअघि टस हारेर ब्याटिङमा आएको ललितपुरले निर्धारित सात ओभरमा ६ विकेट गुमाउँदै ५१ रनको योगफल खडा गरेको थियो ।
ओसिलो मैदानका कारण निर्धारित समयमा खेल हुन नसकेपछि खेल सात–सात ओभरमा घटाइएकाे थियो ।