पुलिस समूह विजेता 

काठमाडौं, (खेलाडीं)- नेपाल पुलिस क्लब राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपमा समूह 'बी' को विजेता बनेको छ ।

लगातार दुई खेल जित्दै यस समूहबाट पुलिस र गण्डकी प्रदेश प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरिसकेका  थिए ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप ) को कभर्डहलमा सम्पन्न पहिलो खेलले समूह विजेता टुङगो लगाएको हो ।

पुलिसले तीन भारतीय खेलाडी कोर्टमा उतारेको गण्डकी प्रदेशमाथि २५-१४, २५- १४, २५-१८ को सहज जित हात पारेको हो ।

समूह 'बी' मा तीन खेलमा शतप्रतिशत नतिजा निकालेको पुलिसको नोै अंक छ । त्यस्तै समान तीन खेलमा दुई जित र एक हार व्यहोरेको गण्डकीको पाँच अंक छ । 

गण्डकीले मंगलबार मणिमुकुन्द क्लबसँग ३-२ को सेटमा खेल जितेपछि तीन मध्ये दुई अंक मात्र प्राप्त गरेको थियो ।

समूह 'बी' अन्तर्गत केही क्षणमा मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लबबीच हुनेछ । दुवै टोली जितका साथ प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छन् ।