आइसिसी यु-१९ विश्वकप एसिया छनोट

नेपालले दियो सिंगापुरलाई दुई सय ६२ रनको लक्ष्य

फाइल फोटो

काठमाडौं । आकाश त्रिपाठी तथा विशालविक्रम केसीको उत्कृष्ट ब्याटिङप्रेरित नेपालले आइसिसी यु-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरसामू दुई सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईको अजमानस्थित इडेन गार्डेन ओभलमा टस जितेर ब्याटिङ राजेको नेपालले निर्धारित ५० ओभरमा साता विकेट गुमाउँदै  दुई सय ६१ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि आकाशले एक सय बलमा सात चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७८ रन जोडे । यसैगरी विशालले ५४ बलमा चार चौका र दुई छक्काको मद्दतमा अविजित ६३, अर्जुन कुमालले ३७, कप्तान देव खनालले २१, दीपक बोहराले १७, सुवा भण्डारीले अविजित १२ र दीपक डुम्रेले १० रन बनाए ।

दोस्रो विकेटका लागि आकाश र अर्जुनले ९३ रनको साझेदारी गरेका थिए ।

सिंगापुरका लागि अभ्युदय छाजेर र आर्यवीर चौधरीले समान दुई तथा आदित्य भार्गव र महियु भाटियाले समान एक विकेट लिए ।