राजस्थान दिल्लीसँग पराजित 

दुबाई, (खेलाडी)-  दिल्ली क्यापिटल्सले शनिबार इन्जिडयन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई ३३ रनले हराएको छ ।

दिल्लीले प्रस्तत गरेको १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २१ रन मात्र जोड्न सक्यो ।

राजस्थानका सञ्जु स्याम्सनले सर्वाधिक ७० रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ६ विकेटको क्षतीमा १ सय ५४ रनको योगफल खडा गरेको थियो ।