एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

सैलुङलाई हराउँदै हेल्प नेपाल सेमिफाइनलमा

फाइल तस्बिर

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले ले सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिपफाइनलमा स्थान सुरक्षित गरेको छ ।

हेल्प नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न चौथो तथा अन्तिम  क्वार्टरफाइनलमा  सैलुङ बाघढुंगा क्लबलाई ३–० को सेटमा पराजित गरेको हो ।

हेल्प नेपालले खेल २५–२१,२५–११,२५–१४ ले आफ्नो पक्षमा पारेको हो ।

हेल्प नेपाल समूह ‘डी’को विजेतातथा सैलुङ बाघढुंगा  समूह ‘बी’को उपविजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेका थिए । 
 

यसैगरी पुरुषतर्फ नै विभागीय टोलीहरु नेपाल पुलिस क्लब,नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले पनि आ–आफ्नो खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।

पुलिले दावाली मिलन क्लबलाई २५–१६,२४–२६, २५–१९ र २५–१८,एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई २५–१४,२५–१९ र २५–२० तथा आर्मीले गण्डकी प्रदेशलाई २५–२२,२१–२५,२५–१० र २६–२४ ले  पराजित गरेका थिए ।

यससँगै पुरुषतर्फको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । शनिबार हुने सेमिफाइनमा आर्मी र एपिएफ तथा पुलिस र हेल्प नेपालले प्रतिस्पर्धा गर्नेछन् ।