लिभरपुल

लिभरपुललाई नयाँ खेलाडी आवश्यक छैनः क्लोप

काठमाडौं । इङ्लिस क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले यो जनवरी ट्रान्फर विन्डोमा क्लबले नयाँ खेलाडी भित्र्याउन आवश्यक नरहेको बताएका छन् ।

लुइस डियाज,रोबर्टो फिर्मिनो र डिएगो  जोटा चोटका कारण  मैदान बाहिर छन् । डार्विन नुनेजले पनि ब्राइटन खेल गुमाउन सक्छन् तर क्लोपले लिभरपुलले उनीहरूको समस्या समाधान गर्न जनवरी ट्रान्सफर विन्डो प्रयोग गर्न सक्ने विचार राम्रो नरहेको बताएका हुन् ।

‘मेरो काम क्लबसँग उपलब्ध खेलाडीको प्रयोग गुर्न हो,मलाई अहिलेका खेलाडी नै मनपर्छ’,क्लोपले भने ‘जब हामी चीजहरू परिवर्तन गर्न थाल्छौं त्यसले नराम्रो असर पार्न पनि गर्न सक्छ । ट्रान्सफर विन्डोबाट मात्र सबै समस्याहरू समाधान गर्न सकिँदैन ।’ 

लिभरपुलले बेन्फिकाका अर्जेन्टिनी विश्वकप स्टार एन्जो फर्नान्डेज भित्र्याउने इच्छा देखाएको छ तर क्लोपको ब्यवहारलाई हेर्दा फेनान्डेजसँग सम्झौता हुने सम्भावना निकै कम छ । 


क्लोपले तत्कालको अवस्थालाई हेरेर हतारमा निर्णय लिन नहुने बताएका छन् ।

‘हाम्रा प्रमुख स्ट्राइकर अहिले घाइते छन् त्यसैले हामीसँग पर्याप्त विकल्प छैन । तर, हामीले अहिलेको परिस्थितीलाई मात्र हेरेर निर्णय गर्नु हुँदैन’क्लोपले भने‘ हामीले नयाँ स्ट्राइकरलाई अनुबन्ध गर्दा घाइते खेलाडी पनि ठिक भएर फर्किएमा तिनीहरुलाई व्यवस्थापन गर्न गाह्रो हुन्छ । मेरो विचारमा यो जनवरी ट्रान्सफर विन्डोमा नयाँ खेलाडी भित्र्याउनु आवश्यक छैन । ’