राष्ट्रिय खेलकुद परिषद्

उपविजेता टोलीलाई सदस्य सचिवको बधाइ

काठमाडौं । काभा बिच भलिबल प्रतियोगितामा उपविजेता हुन  सफल खेलाडीसहितको नेपाली  टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले  बधाइ दिएका छन् ।
 

सदस्य–सचिव घिसिङले टोलीलाई सोमबार त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाइ दिएका हुन् ।
 

नेपालको पुरुष तथा  महिला दुवै टोलीले प्रतियोगितामा रजत पदक जितेको थियो । पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार तथा महिलातर्फ कोपिला उप्रेती र कमला पुनको जोडीले प्रतिस्पर्धा गरेका थिए ।

बंगलादेशमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाली पुरुष टोली माल्दिभ्स तथा महिना टोली श्रीलंकासँग समान २–० को सोझो सेटाम पराजित भएका थिए ।