मनाङ मर्स्याङ्दी क्लब

मनाङको प्रशिक्षकमा किरण श्रेष्ठ नियुक्त

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको मनाङ मर्स्याङ्दी क्लबले किरण श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

कीर्तिमानी आठपटकको विजेता मनाङले सोमबार सामाजिक संजाल फेसबुकमार्फत किरणलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको हो ।

ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । किरणले यसअघि नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।