वैशाख ३०, २०८२ मंगलबार | २०:०२:२९
काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल काठमाडौं लगातार दोस्रो पटक फाइनलमा शीर्ष डिभिजनमा उक्लियो प्लानिङ ब्वाइज यु-२० महिला फुटबल टोली निर्माणका लागि खुला छनोट हुने माइक हेसन पाकिस्तानको प्रशिक्षकमा नियुक्त नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल

प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल

फाइल तस्विर।

काठमाडौं । सरस्वती युवा क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार वीरगन्ज युनाइटेडविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै ११ खेलमा १५ अंक जोडेको सरस्वती आठौं स्थानमा उक्लिएको छ ।  पराजित वीरगन्ज चौथो स्थानमा झरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सरस्वतीलाई जित दिलाउन ज्ञानेन्द्र जोशी, नरेशकुमार खत्री र धिरेन्द्रबहादुर शाहले गोल गरे ।

खेलको १८औं मिनेटमा ज्ञानेन्द्रको गोलमार्फत सरस्वतीले अग्रता लिएको थियो । ५६औं मिनेटमा नरेशले टोलीको अग्रता दोब्बर बनाए ।

धिरेन्द्रले ७२औं मिनेटमा गोल गर्दै सरस्वतीलाई ३० को सहज जित दिलाए । धिरेन्द्रले प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै गोल गरेका हुन् ।

नयाँबस्तीका टिम म्यानेजर विकास राईले चैत ७ गते आफ्नो क्लबसँग भएको खेलमा धिरेन्द्रविरुद्ध उजुरी गरेका थिए । यो खेलमा सरस्वती १-० ले विजयी भएको थियो । त्यसपछि एन्फाले धिरेन्द्रलाई प्रतिबन्ध लगाउँदै सरस्वतीको अंक खोसेको थियो । 
तर मंगबार उजुरी उपर छानबिन गर्दा धिरेन्द्रले विभिन्न मितिमा टुसाल र सरस्वतीसँग लिग खेल्न सम्झौता गरेको देखिएले एन्फा अनुसाशन समितिले उनलाई खेल्न दिने निर्णयगरेको थियो । यस्तै सरस्वतीलाई खोसिएको अंक पनि फिर्ता गरिएको थियो । 

धिरेन्द्रले २०७९ ‘बी’ डिभिजन लिगका लागि टुसाल युथ क्लबसँग सम्झौता गरेका थिए । तर लिग समयमै नभएपछि उनले जारी लिगका लागि सरस्वती युथ क्लबमा आबद्ध भएका थिए ।

धिरेन्द्रले सरस्वतीबाट लिगमा सुरुआती दुई खेल खेल्दा दुई गोल गरेका थिए । त्यसयता भने एन्फाले धिरेन्द्रलाई लिग खेल्न रोक लगाइएको थियो । प्रतिबन्धका कारण उनले आठ खेल गुमाएका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP