जेष्ठ ३१, २०८२ शुक्रबार | १०:०९:१४
म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य

काठमाडौं । नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा हङकङसामु ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रनको योगफल तयार पार्यो ।

वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको हाे । नेपालका लागि सम्झाना खड्काले  १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसैगरी कप्तान इन्दु बर्मा ९ र रुबिना क्षेत्री चार रनमा अविजित रहे । पूजा महतो तीन र कविता कुँवर दुई रन बनाएर आउट भए ।

हङकङका तीनै विकेट एलिसन सिउले लिइन् ।

नेपाल दुई खेलमा तीन अंकका साथ समूह ‘सी’ को शीर्ष स्थानमा छ । यसअघि हङकङसँगको खेल वर्षका कारण रद्द हुँदा अंक बाँडेको नेपालले बहराइनविरुद्ध ९ विकेटको सहन जित दर्ता गरेको थियो ।

हङकङलाई पराजित गर्न सके नेपालले एक खेल अगावै सुपर-३ मा स्थान बनाउने छ। हारले भने अघिल्लो चरणको यात्रा कठिन बन्ने छ ।  

यता हङकङले भने आफ्नो दुवै खेलमा अंक बाँडेको छ । उसको बहराइनसँगको खेल पनि वर्षाको कारण रद्द भएको थियो ।


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?