काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले न्युजिल्यान्डका माइक हेसनलाई सीमित ओभरकाे पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
५० वर्षीय अनुभवी प्रशिक्षक हेसनले अन्तरिम प्रशिक्षक आकिब जावेदको स्थान लिनेछन्।
ग्यारी कर्स्टनले राजिनामा दिएपछि जेसन गिलेस्पी र जावेदले अन्तरिम प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
हेसन हाल पाकिस्तान सुपर लिग (पिएसएल) मा साबिक विजेता इस्लामाबाद युनाइटेडको प्रशिक्षण सम्हालिरहेका छन् । प्रतियोगिता समाप्त भएपछि उनले पाकिस्तानको राष्ट्रिय टोलीसँग आफ्नो जिम्मेवारी सुरु गर्नेछन्।
हेसनसँग अर्जेन्टिना केन्या र न्युजिल्यान्डको राष्ट्रिय टोलीका साथै इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बेङ्लुरुको प्रशिक्षण सम्हालेको अनुभव छ ।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?