माघ ३, २०८२ शनिबार | १०:१२:५६
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

भारतसँग नेपालको हार

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग ४-० ले पराजित भएको छ ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।  पहिलो हार बेहोरेको नेपाल  पनि  तीन अंकका साथ उपविजेता बन्दै अगाडि बढ्यो ।

नेपाल र भारतले आफ्नो पहिलो खेलमा श्रीलंकालाई क्रमशः ५-० र ८-० ले पराजित गरेका थिए ।

मंगलबार अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा भारतलाई जित दिलाउन रोहिन सिंहले दुई तथा ओमङ्ग डोडुम र ड्यानी मिथेइले समान एक गोल गरे ।

खेलको २८औं मिनेटमा रोहिनको गोमार्फत भारतले अग्रता लिएको थियो । त्यसको एक मिनेट पनि बित्न नपाउँदै ओमङ्गले टोलीको अग्रता दोब्बर बनाए ।

रोहिमले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल तथा टोलीका लागि तेस्रो गोल गरे । ८४औं मिनेटमा ड्यानीले गोल गर्दै भारतलाई ४-० को सहज जित दिलाए ।  

सेमिफाइनलमा भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्सको सामना गर्नेछ । यता नेपालले फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate