असार ८, २०८२ आइतबार | ०७:४९:११
वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’

काठमाडौं लगातार दोस्रो पटक फाइनलमा

काठमाडौं । साबिक विजेता काठमाडौं महानगरपालिका लगातार दोस्रो पटक उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको उपाधि नजिक पुगेको छ ।

गोदावरी-१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा काठमाडौंले कीर्तिपुर नगरपालिकाविरुद्ध ३-० को सहज जित दर्ता गर्यो ।

काठमाडौंलाई जित दिलाउन मनिष सेढाईले दुई तथा राज पौडेलले एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा मनिषको गोलमार्फत काठमाडौंले अग्रता लिएको थियो । इन्जुरी समयमै राजले टोलीको अग्रता दोब्बर बनाए ।

मनिषले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई सहज जित दिलाए ।

अब काठमाडौंले उपाधिका लागि आयोजक गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई बुधबार आमने सामने हुँदैछन् ।

काठमाडौं समूह ‘बी’ तथा कीर्तिपुर समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन्।

काठमाडौंले समूह चरणमा चाँगुनारायण नगरपालिकालाई ५-० र मध्यपुर ठिमी नगरपालिकालाई १-० ले हराएको थियो ।

यता समूह चरणमा तारकेश्वर नगरपालिकासँग २-२ को बराबरी खेलेको कीर्तिपुरले कोन्ज्योसोम गाउँपालिकाविरुद्ध ३-० को जित निकालेको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team